२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा ५९ औं रेडक्रस दिवस मनाए

 

हिमालपाकिो जिल्ला मुस्ताङमा पनि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुस्ताङले ५९ औं रेडक्रस दिवस मनाएको छ ।

देशैभरी मनाईएको रेडक्रस दिवस मुस्ताङमा पनि बिबिध कार्यक्रम सहित मनाए । सभाध्यक्ष नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका सभापति चन्द्र बहादुर थकालीको भध्यक्षतामा कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिसस मुस्ताङका प्रमुख आइतेलाल थकालीले पानसमा बत्ती बाली ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मुस्ताङका पूर्व मन्त्रि सुरेन्द्र कुमार थकालीलाई १५ हजार नगद , दोसल्जा पहिराई प्रमाण पत्रबाट छत्र स्मुति समाजसेवा पुरस्कार प्रदान भएको थियो ।

त्यसैगरी मुस्ताङ जिल्लामा २०७८ सालको एसइई परीक्षामा प्राबिधिक धारतर्फ जन आदर्श अमरसिह माबिका सोहित परियारलाई । साथै साधरण धारतर्फ नालनन्द माबि टुकुचेका थुक्तेन गुरुङलाई छत्र स्मृति सेवा समाज पुरस्कारबाट जनही ५ हजार र प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा पूर्व विबिस सभापति भक्तिराज हिराचन , गापा उपाध्यक्ष शर्मीला गुरुङ , वडाध्यक्ष मन बहादुर बिश्वकर्मा । त्यसैगरी गैसस महांसघ जिल्ला शाखाकी अध्यक्ष दुर्गा देबी रसाइलीको अतिथि उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भिम बहादुर रसाइली , अगुवा शिक्षकहरु भेष्राज बास्तोला र दृष्टि रानाको अतिथि उपस्थिति रहेको थियो ।

उक्त कार्यत्रममा बिद्यार्थीहरुको नगन्य उपस्थिति थियो भने कार्य समितिका पदाधिकारी र आजीवन सदस्यहरुको उपस्थिति रहेको थिएन । आउने दिवसहरुमा यस्तो हुन नहुनेमा बक्ताहरुले सुझाएका थिए ।

औपचारिक कार्यक्रममा रेडक्रस शाखाका उप मन्त्रि कर्ण थकालीले स्वागत भाषण गरेका थिए । भने शाखाका कर्मचारी रत्नलाल गोतामेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्