सञ्चार मानव जीवनको लागि नभै नहुने कुरा हो । मानव जीवनको पर्यावाची शब्द जस्तै बनेको छ सञ्चार । भनिन्छ मानव जीवनमा ७० प्रतिशत हिस्सा सञ्चारमा लगाउँछन् । आज मानिसले सञ्चारका साधनहरुको जसरी बिकास गरेको छ यो लाखौ बर्षको अनुभव र निरन्तर अभ्यासको परिणाम हो । सञ्चारको प्रथम चरण मानवले बोलीचालीमा प्रयोग भएको भाषालाई मौखिक सञ्चार भनिन्छ । जस अन्तर्गत मानिसले भाषाको आबिश्कार र बिकास गर्यो । दोस्रो चरण लिखित सञ्चारलाई मानिन्छ मानवले आफुले गरेका , देखेका , सुनेका , भोगेका र बुझेका कुराहरुलाई लिखतमा राख्न थाले । तेस्रो चरणमा आएर मुद्रण सञ्चार युगको थालनी भयो । गुटेनवर्गले १४५६ मा पहिलो पटक किताव छापेर प्रिन्टिङ सञ्चार युगको शुरुवात गरे । चौथो चरणमा आएर दुर सञ्चार युगको थालनी भयो । जसमा मोर्सको टेलिग्राफ प्रणालीको बिकास र शुरुवात भयो भने मारकोनीको वायरलेससम्म यो युग कायम भयो । आजको युग सञ्चारको पांचौ चरणमा रहेको छ । आधुनिक सञ्चार माध्यमद्धारा पारस्परिक क्रियात्मक सञ्चार प्रणाली यस युगको मुख्य उपलब्धि हो । बिज्ञानको चमत्कारपूर्ण आविश्कारले सञ्चारमा त्रान्ति ल्याएको छ र मानिसलाई सञ्चार प्राणी बनाएको छ ।
सञ्चार शब्द प्राबिधिक शब्द हो संस्कृत भाषाको चर धातुबाट बनेको यो शब्दको अर्थ कुनै कुरालाई अघि बढाउनु , चलाउनु वा फैलाउनु भन्ने अर्थ बुझिन्छ । त्यसैगरी ल्याटिन भाषाको कम्युनिटस् शब्दसंग जोडिन्छ । यसको अर्थ समुदाय तथा मानिसको एक अर्कासंग मेलमिलाप , हुने ब्यवहार , मैत्रीभाव , साझेदारी र सहभागितामा एक आपसको बिचार साटासाट गर्ने भन्ने बुझिन्छ । त्यसैगरी सञ्चार र पत्रकारिताको सम्वन्ध नङ मासु सरह हुने गर्छ । पत्रकारिता त्यस्तो ब्यवसाय हो जसले समसामायिक महत्वका समाचार तथा बिचारहरु आमसञ्चारका साधनहरु मार्फत आम जनता समक्ष पुर्याउने गर्छ । पत्रकारिता अंग्रेजी शब्दमा जर्नालिजम भनेर बुझिन्छ भने नेपालीमा यो शब्द पत्र बाट ब्युत्पन्न भएको हो । समाचार लेखनको पत्रकारिता भित्र पत्रकारको ठुलो जिम्मेवारी हुनेगर्छ । पत्रकारिता पेशा आफैमा चुनौति र कठिन पेशामा लिईन्छ यसलाई जनमाससम्म लैजान धेरै मेहेनत गर्नु पर्ने हुन्छ । तर यहां पत्रकारितालाई खेलौना सम्झेर पत्रकार महासंघको निर्वाचनमा मतदान गर्ने हतियारको रुपमा मात्र प्रयोग हुन्छ । भने यो त्यो पार्टीको पत्रकार संगठनको रुपमा चिनिने गरेको देखिन्छ । उनीहरुले नत समाचार लेख्छन् नत उनीहरुको आफ्नो सञ्चार गृहनै छ यो समस्या थप चुनौति बनेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा पत्रकारिताको आधिकारिक रुपमा २०६६ सालबाट शुरु भएको हो । यसको श्रय मुस्ताङमै पहिलो हिमालपारिको आवाज साप्ताहिक पत्रिकालाई जान्छ । त्यसैगरी मुद्रणको हकमा पनि पहिलो छापाखाना मुस्ताङ अफसेट प्रेस २०६४ सालमा दर्ता र स्थापना गरी छापाखानाको यस जिल्लामा उदय भएको हो । आजको युग कम्प्युटरको युग भएको कारण २०६७ सालमा हिमालपारि कम्प्युटर ईन्ष्टिच्युट दर्ता भई सञ्चालनमा आयो । मुद्रण , सञ्चार र पत्रकारिताको क्षेत्रमा सम्पादक प्रकाशक तथा प्रोपाईटर भिम बहादुर रसाइलीलाई पहिलो श्रय जान्छ । यस बिषयमा भाबि सन्ततिहरुले पक्कै सञ्चार गृह र छापाखानाको बिषयमा खोजतलास हुन पुगे यस क्षेत्रका संस्थापक रसाइलीको नाम अवश्य रुपमा श्री गणेश हुनेनै छ । यस जिल्लामा छापाखाना र मिडिया हाउस सञ्चालनमा ल्याउने कुरा फलामको चिउरा चपाए सरह थियो । आफुले आफ्नो पत्रिकामा समाचार प्रशोधन गरेर पाठक समक्ष लैजानु भनेको कठिन काम हो र अरुको पत्रिका तथा मिडिया हाउसमा समाचार पठाएर उतैबाट सच्चिएर आउने समाचार लेखनमा कठिनाई हुदैन त्यसैले यी दुई बिधामा आकाश जमिनको फरक हुन्छ । त्यसैले मुस्ताङ जिल्लामा पत्रिका , छापाखाना तथा अनलाईन पत्रिकाको पहिलो चरणको मिडिया क्षेत्रको उत्पति युग पुरुषको नाम लिनपर्दा भिम बहादुर रसाइलीलाई नै जान्छ । तर पत्रकारहरुले पत्रकारिताको मर्म नबुझ्दा यस जिल्लामा पत्रकारिता पेशाको भबिश्य दिप्रतिदिन पातलो हुदै दुब्लाएर गईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्