
असार महिनामा निकासा निकाल्न हतारो परेका कर्मचारी र हात्तीको देखाउने दांत सरी बेनी जोमसोम सडकमा काम गर्ने ठेक्दार ।
बेनी जोमसोम सडकले पनि जनतालाई नदिने दुख दिएको छ जसको कारण स्थानीयहरुले सास्ति कहिलेसम्म भोग्न पर्ने हो । एक आपसमा तालमेल गरेर राज्यको धनलाई कालो बाटो अपनाएर आफ्नो गोजीमा ल्याउन सफल हुन्छन् किन सरोकार निकायहरुले । जसले काम गर्ने जिम्मा पाएको सरकारी निकाय हो उसैबाट सडक निर्माण गर्न बाधक बनिरहेको छ । किनभने काम नगर्ने ठेक्दारलाई जसरी पनि तह लगाउन सकिन्छ तर कमिसनको चक्करमा तै चुप मै चुप । सरोकार निकायहरुले बिग्रेको काम देखेर पनि नदेखे झै गर्छन यो पनि सरकारी काम माथि छलछाम होईनर ।
असार महिनामा निकासा निकाल्न हतारो परेका कर्मचारी र हात्तीको देखाउने दांत सरी बेनी जोमसोम सडकमा काम गर्ने ठेक्दार । उनीहरुको कामको गति देख्दा अब सडक बन्ने भो भनेर जनता खुशी थिए तर जब असार महिना सकियो कर्मचारी घरतिर ठेक्दार काम रोकेर एकातिर । यो पाराले देशको बिकास कहिले हुने अब काम अलपत्र पार्ने ठेक्दारलाई मात्र होईन रकम निकासा दिने कर्मचारी र प्राबिधिकहरुलाई पनि जेल चलान गर्नुपर्छ । साथमा राज्यले हदैसम्मको कावार्ही गर्नुपर्छ नत्र जनकार्वाही नगर्दासम्म यिनिहरुले टेरपुच्छर लगाउदैनन् । देशको बिकासलाई बिनासतिर लैजाने काम जनप्रतिनिधि , कर्मचारी र ठेक्दारहरुले नै हो हेक्काहोस् ।
यो देशमा नत देशको बिकास हुनुपर्छ भन्ने कर्मचारी नत नेता , नत जनप्रतिनिधिहरु , नत प्राबिधिक र नत ठेक्दार सबै आँखामा छारो हाल्ने मात्र । यिनलाई कसले तह लगाउने तह लगाउने हरेक निकायहरुमा उनै र तिनैको मान्छेहरु हुंदा रहेछन् । यस्ता भ्रष्टचारीहरुलाई तह जनताले लगाउन गाँउ टोलबाट युवा जागृत हुन जरुरी छ । बेनी जोमसोम सडक खण्डमा बस्ने स्थानीयहरुले सडकप्रति चासो नदिनाले यस्ता समस्या आएको हो । बेनी जोमसोमको सडक बिस्तार र निर्माणको लागि अब जन चासोको बिषय बन्नु पर्छ । काम नगर्ने ठेक्दार , कामको मुल्यांकन नगरी बजेट पास गर्ने प्राबिधिक र निकासा दिने कर्मचारीहरुलाई भाटा कार्वाही जनताले गर्ने दिन आयो । नत्र बेनी जोमसोमको सडकको बाटो जनता र सरकारलाई बर्षेनी घाटैघाटो ।
प्रतिक्रिया दिनुहोस्