२०८२ बैशाख १५
९८५७६५०३३४, ९८५७६५००९३

सरुवा भै आएका प्रहरी नायव उपरीक्षकले सञ्चारकर्मीसंग गरे अन्तरक्रिया

समाज रुपान्तरण गर्न पत्रकारहरुको ठुलो भूमिका रहने हुंदा अपराध नियन्त्रण गर्न र हुनसक्ने घटणहरुको न्युनिकरण गर्न प्रहरी र सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने प्र.ना.उ पौडेलले बताए ।

भाद्र ३ जोमसोम । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाण्डौबाट प्रहरी नायव उपरीक्षक पदमा रबिन्द्रनाथ पौडेल सरुवा भै आएका छन् ।

सरुवा भै आएका पौडेलले जिल्लाका सञ्चारकर्मीहरुसंग बिबिध बिषयहरुमा अन्तरक्रिया गरे । आफ्नो सेवा अवधिको ८ बर्ष प्रहरी नायव उपरीक्षक पदमा रहेर काम गरेको उनले बताए । साथै पत्रकारहरुलाई समाचार लिनदिन सुचना अधिकारीबाट हुनेछ यसमा कुनैपनि समस्या नआउने प्र.ना.उ पौडेलले बताएका छन् ।

समाज रुपान्तरण गर्न पत्रकारहरुको ठुलो भूमिका रहने हुंदा अपराध नियन्त्रण गर्न र हुनसक्ने घटणहरुको न्युनिकरण गर्न प्रहरी र सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने प्र.ना.उ पौडेलले बताए ।

सत्यतथ्य समाचार लेखन र प्रकाशन गर्दा पत्रकारहरु माथि आउन सक्ने धम्की चुनौतिहरु हुनेगरि जिल्ला प्रहरी कायर्षलय मुस्ताङले तुरुन्त सुरक्षाको ब्यवस्थ गर्ने छ । साथै डर त्रास धम्की दिनेहरुलाई प्रमाणको आधारमा नियम पुर्वक कार्वाही गरिने कुरा प्र.ना.उ पौडेलले बताएका छन् ।

अन्तरक्रियामा पत्रकारहरुले जिल्लाका समसामाहिक बिषयहरु मथि आफ्ना भनाईहरु राखेका थिए । भने आगामी दिनहरुमा प्रहरी र सञ्चारकर्मीहरु बिच समन्वयकारी मूमिकामा रहेर काम गरेर जाने कुरामा प्रहरी कठिवद्ध हुने कुरा प्र.ना.उ पौडेलले बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दर कुमार थकाली र हिमालपारिको आवाज साप्ताहिक पत्रिका तथा हिमालपारिको आवाज अनलाईनका सम्पादक प्रकाशक साथै नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भिम बहादुर रसाइलीको यपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यत्रममा समाजवादी प्रेस संगठनका जिल्ला संयोजक आदित्य रसाइली , प्रेस युनियनका जिल्ला अध्यक्ष शुसील थकाली र उपाध्यक्ष तुष्णा गौचन , प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष सुनदेबी रसाइली र सह सचिव जीवन गोतामे र अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्