बैज्ञानिक ढंगबाट बेनी जोमसोम सडकको डिपिआर नगरी सरकारी बजेट झ्वाम् पार्ने तलदेखि माथिसम्मको सेटीङको कारण समस्या आउने गरेको छ । नेपालका प्राबधिक पनि कस्ता हुन डोजरे बिकासलाई मात्र मान्यता दिने ।बर्षेनी राज्यको मोटो रकम बेनी जोमसोम हिले पहिरो सडकमा खर्चेनी बाटोको अन्य बिकल्प छैन । यो पाराले दिगो सडकको आशा जनताले कहिलेसम्म गर्न पाउने आशा निराशामा किन परिनत हुन्छ । यो पाराले बिकास नभै बिनाश निम्त्याउछ बेलैमा सडकको समधान सुरूङमार्ग अथवा अरू बैकल्पिक सडक मार्गको लागि बेलैमा सोचौ ।
सरोकार निकाय कानमा तेल हालेर बस्ने जनप्रतिनिधिहरू समधान खोज्ने होइन भत्केपछि यो र त्योको कुरागरी पत्रकारको भूमिका निभाउने ।सडकको ठेक्दार घाटा लाग्न थालेसी कम्पनी बेचेर भाग्छन् सडक अलपत्र पर्दापनि सोधखोज हुदैन ।दुरदराजमा रहेको जिल्ला पहिरोको कारण क्षितिजपारी सधै हुनेगरेको छ कम्सेकम ठेक्दार , ठुलाबडाको लागि भएपनि बाटो खुलाउ । किनभने जनतात कामपरे मात्र झर्नेहो गार्होत ठक्दारहरूलाइनै हो होईनर ।सधैभरीको समस्या भएरपनि समधानको खोजि नहुनु भनेको सरकारी काम कहिले जाला घाम भनेसरह हो । नत्र ठोस योजनाका साथ काम किनहुन्न जनता जान्न चाहन्छन् ।
बिकासले निकास नपाएको हिमालपारीको जिल्ला मुस्ताङ आफुखुशी निडर भएर सडकका मान्छेहरूलाई मासुभात र रक्सी खुवाएर । आफ्नोघर जोगाएर अरूको घर चेप्न जानेकाहरूलाई सडकको मतलव छैन । तर उनै र तिनैको ब्यवसाय र ठेक्कापट्टा सञ्चालनको लागि भएनी बाटोत खुलाउन नत्र प्राबिधिकले कमिसन खान रोकीन्छ । कमसल काम गर्न ठेक्दार जोगिन्छ , कुरा मिलाउन हाकीम जोगिन्छ । सरोकारवाला निकायका प्रमुखहरू एक बर्ष कसरी काटिन्छ र बढुवाको नम्बर पकाउने भन्नेमा हुन्छन् ।कसरी जिल्लाको बिकासले निकास पाओस त यसको न्युनिकरणको लागि जनता सचेत हुन जरूरी हुन्छ ।तरपनि बेनी जोमसोम मोटरबाटोको लागि बैकल्पिक सडकको लागि बिकल्प खोज सरोकारवाला निकायहरूहो ।
प्रतिक्रिया दिनुहोस्