२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

पुथाङ जोमसोम एयरर्पोटमा पहुंचवालाले मापदण्ड बिपरीत आफुखुशी सडक बनाए

“जेमसोम एयरर्पोटमा नागबेली नाली बनेको ठाउँमा भोलिका दिनहरुमा बर्षातको पानीले छेकथुन गरेमा पुथाङ बजारमा समस्या आउने स्थानीयले बताएका छन् ।”

हिपाआसा ः पुथाङ जोमसोम एयरर्पोट मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा सडक बिस्तार कालोपत्रे गर्नेकाम भएको छ । जिल्लाको मुटु मानिने पुथाङ बजार जोमसोम क्षेत्र वरपर सडक बिस्तार भईरहेको छ ।

बिशेष गरी एयरर्पोट क्षेत्र बाक्लो गाउँ बस्ति रहेको ठाउँमा भने सडकको अवस्था अलपत्र परेको छ । एयरर्पोटमा रहेका पहुंच पुग्नेहरुले सडकको मापदण्ड बिपरीत आफुखुशी गर्दा बजारका बासीहरुमा एकरुपता भएको देखिन्न ।

२ मिटर बाटो गाएप गरी ९ मिटरमा ढल सहितको नाली बनेको

सडकको कुरा गर्दा ११ मिटरको सडक हुनु पर्नेमा घोेम्पो गुरुङको घरनिर २ मिटर बाटो गाएप गरी ९ मिटरमा ढल सहितको नाली बनेको छ । त्यसैगरी तिलिचो होटेलको छेउमा ढलको नालीको साईज घटाएर आफुखुशी नाली बनाएका छन् ।

आधुनिक जमानामा पनि ढुङगा पुटाउन घरबेटीले नदिएपछि निलगिरी होटेल अगाडी हंसीया आकारमा नागबेली ढलको नाली बनाइएको छ । माछापुच्र्छे बैकदेखि माथितल नमूना आबितिर नाकबेली सडक बनेको छ यसमा स्थानीय खुशी छैनन् ।

हंसीया आकारमा नागबेली ढलको नाली

जेमसोम एयरपोर्टमा रहेको होटल माउण्ट कैलास , याक डान्सीङ र हेल्लो मुस्ताङ मोबाईल सपहरुलाई भने बाटो छोड्न र घर भत्काउन दबाब दिएका छन् । तर बलवालाहरुले आफ्नो घर जोगाउने र अरुको घर भत्काउने खालको फोहोरी खेल खेलेको पीडितहरुले दुख पोखेका छन् ।


जेमसोम एयरर्पोटमा नागबेली नाली बनेको ठाउँमा भोलिका दिनहरुमा बर्षातको पानीले छेकथुन गरेमा पुथाङ बजारमा समस्या आउने स्थानीयले बताएका छन् । भने सरोकारवाला निकाय बेनी जोमसोम सडक कार्यालयले ध्यान नपुर्याउँदा र लाचारपन देखाउदा ठुलाबडाले बलमिच्याई गरेको स्थानीयहरुको भनाई रहेको छ ।

क्सैलाई कांखापाखा नगरी सबै ठाउँमा सडक ११ मिटरको हुनु पर्ने , त्यसैगरी नाली सिधा बनाउनु पर्ने । होचो अग्लो नाली बनाएकोमा एकैनासको हुनपर्ने , ११ मिटर सडक नपुगेको ठाउँमा पुन बनाउनु पर्ने , सडक कार्यालयले कसैको कुरा सुन्न नहुने स्थानीय बासीको माग रहेको छ ।

नमूना आबितिर नाकबेली सडक

अरुको घर भत्काउने आफ्नो पहुंच लगाएर जोगाउने हो भने १० मिटर ५० सेन्टी मिटरको बाटो बनाएमा कसैको घर नजाने नभत्कने स्थानीयले बताएका छन् । जिल्लाको मुख्य मानिने पुथाङ बजार जोमसोम एयरपोर्टको सडक बिस्तार मापदण्ड बिपरीत काम भएकोले तुरुन्त सच्याउनु पर्नेमा स्थानीय बासीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्