राजनीतिक विश्लेषक तथा मानवअधिकारकर्मी भवानी फोन्सेकाले रोयटर्ससँग भनिन्, ‘आगामी केही दिनको समय अनिश्चित हुनेवाला छ, राजनीतिक रुपमा अब के हुन्छ, उनीहरले साँच्चिकै सत्ता छाड्छन् कि छाड्दैनन हेर्न रोचक हुने छ ।’
साभारः अन्लाइनखबर
२६ असार, काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् ।
देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन ।
गोटाबायाको गलत नीतिका कारण श्रीलंका आर्थिक संकटमा फसेको र आफूहरुले इन्धन, खाना तथा औषधि नपाएको नागरिकको बुझाइ छ ।
यस्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिने बताइसकेका छन् । शनिबार उनको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गर्ने भने पनि प्रदर्शनकारीले उनीहरुको नियतमाथि शंका गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता लाहिरु वीरशेखरले एएफपीसँग भने, ‘हाम्रो संघर्ष सकिएको छैन, हामी यो संघर्षलाई तबसम्म रोक्ने छैनौं, जबसम्म उनीहरुले साँच्चिकै (सत्ता) छाड्ने छैनन् ।’
साभारः अन्लाइनखबर
प्रतिक्रिया दिनुहोस्