माघ २१ काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी मुस्ताङले चुनावी अभियान तथा जनतासंग भेटघाट कार्यक्रम गर्ने क्रममा स्वयम्भूमा रहेको मुस्ताङ गुम्बा काठमाण्डौंमा आयोजना भएको उक्त कार्यक्रममा पार्टीका संयोजक पुष्प कमल दाहल प्रचण्ड सहित शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
बिशेष गरी कागबेनीदेखि माथिका अधिकांश जनसमुदायहरुको बाक्लो उपस्थिति रहेको उक्त भेटघाट कार्यक्रममा जिल्लाको बिकास र जनताको चौतर्फी बिकास कसरी गर्न सकिन्छ त्यसको बिषयमा छलफल भएको थियो । कार्यक्रममा संयोजक प्रचण्डले मुस्ताङ बासी गुरुङ समुदायहरुले कुटुक गुरुङलाई जिताएर पठाएमा मन्त्री बनाईदिने प्रतिवद्धताको साथमा घोषणा गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टी मुस्ताङका उम्मेदवार ङुटुक गुरुङले आफु बिजय पश्चात जिल्लाको बिकास गर्न सबैको साथ सहयोग लिएर जनमुखी काम गर्ने कुरामा म लागि परिरहनेछु भनी उम्मेदवार गुरुङले सबैको सामु प्रतिवद्धता गरेका छन् । उपस्थित सबैलाई यसपाली मलाई मतदान गरी गुरुङ समुदायको पहिलो मन्त्री बन्ने कुरामा यहाँहरुको सहयोग रहने कुारामा म ढुक्क छु उनले बताए ।
मुस्ताङको समृद्धिको लागि बिबिध खाले आफ्नो कार्ययोजना रहेको छ जसमा अधुरा बिकासे योजनाहरु सम्पन्न गर्ने , छयो लेते , कालोपानी धम्पु , कोखेठांटी सिरकुम , स्याङ पुलचोक ढुम्बा जोड्ने मोटरयेबल पुल निर्माण, ध्ये खोलामा झोलुङगे पुल निमार्ण गरी जिल्लाको आवश्यक स्थानहरुमा जनताको माग अनुसार पुल पुलेसा बनाउने कुरा उम्मेदवार गुरुङले बताएका छन् ।

मुस्ताङदेखि मनाङ र डोल्पा जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्यन , नेपाल र चिन बिचको कोराला नाकाबाट हुने ब्यापारलाई सरल र सहज बनाउने साथै नेपालतर्फ भौतिक पूर्वधारको ब्यवस्थापन गर्ने , कृषि पर्यटनमा उल्लेखनिय बिकास गर्ने , मुस्ताङको निषेधित क्षेत्र सदाको लागि खोल्ने , माथिल्लो मुस्ताङमा जाँदा लाग्ने बिदेशी करलाई न्युनिकरण गर्ने कुरा गुरुङले बताएका छन् ।
मुस्ताङमा बिगतदेखि समस्यामा रहेको जग्गा जमिनको नापी नक्शा गर्ने , सुकुमबासी र अब्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्न मेरो पहिलो काम हुने छ गुरुङले बताए । त्यसैगरी जिल्लामा रहेका खनिज र प्राकृतिक स्रोत साधनको उत्खनन् र ब्यवस्थापन गर्नतर्फ लाग्ने छु साथै जलवायु परिवर्तने पारेको असरको न्युनिकरण गर्न सरोकारवाला र सरकारसंग समस्याको समाधान गर्न लागिपर्ने कुरा उम्मेदवार गुरुङले बताए ।
मुस्ताङमा रहेका जनसमुदायहरुले भोग्दै आएका समस्याहरु मध्ये प्रमुख समस्या भनेको राम्रो अस्पताल नहुनु , शिक्षा र स्वास्थ्यमा जनताको पहुच नपुग्नु , जिल्लामा गतिलो क्याम्पस नहुनु बेनी जोमसोम जोमसोम कोराला सडकखण्ड ब्यवस्थित हुन नसक्नु यस्तो खाले समस्याहरुको समाधान गर्नेछु । साथै जनतालाई स्वरोजगार बनाउने लक्ष्य लिएर अगाडि बढ्ने कुरा उपस्थित सबैलाई जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी लोघेकर दामोदरकुण्ड गाउँपालिका कमिटीको अध्यक्ष कुंगा तेन्जिङ गुरुङको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय पार्टी संयोजक पुष्प कमल दाहल प्रचण्ड , अतिथिहरुमा दिनानाथ शर्मा , देव प्रसाद गुरुङ र कपिल लामाको उपस्थिति रहेको थियो । स्वागत मन्तब्य केन्द्रिय सदस्य भिम बहादुर रसाइलीले गरेका थिए भने केन्द्रिय सदस्य धिरेन्द्र बिकले कार्यक्रम सञ्चालन गरेका् कुरा आयोजकले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्