२०८२ पुष २
९८५७६५०३३४, ९८५७६५००९३

आजको मार्फा र मुस्ताङको बिकासमा मोहन सिंह लालचनको अमूल्य योगदान

मंसीर २२ मुस्ताङ । हिमालपारिको दुरदराजमा रहेको साबिक धौलागिरी अञ्चल मुस्ताङ जिल्ला मार्फा गाबिस वडा नं १ हाल गण्डकी प्रदेश मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका वडा नं २ मार्फामा जन्मेका मोहन सिह लालचनले आजको मार्फा र मुस्ताङ जिल्लालाई स्वदेश र बिदेशमा चिनाउन महत्वपूर्ण भूमिका निभाएका छन् ।

पिता अमर सिह लालचन र माता प्रिमो लालचनको कोखबाट २०२१ असार २ गते जन्म लिएका मोहन सिह लालचनको एकमात्र दाजु दीर्घ सिह लालचन छन् । बाल्यकालको कुरा गर्दा दुर दराजको जिल्लामा रहेको मार्फा गाउँमा जन्मेका उनी सरल र तिक्ष्ण स्वभाबका साथै बाल्यकालदेखिनै अरुलाई सहयोग गर्न चाहने स्वभावको कारण समाजमा सबैको प्रिय थिए ।

उनी ३ बर्ष हुंदानै आफ्नो पिता गुमाएकोले पिताको माया नपाए पनि घर परिवारबाट उनको राम्रो लालन पालन भएको थियो । आफ्नै गाउँघरको बिद्यालय जनबाल निमाबि मार्फाको अध्यनपछि सदरमुकाम जोमसोममा रहेको जनहित माबिबाट एसएलसी परीक्षा उतिर्ण गरी पृथ्वी नारायण बहुमुखी क्याम्पस बगर पोखरामा ब्यवस्थापन संकायबाट आईकमसम्म उर्तिण गरेका छन् ।

मार्फा गाउँमा स्थायी बसोबास गर्ने पिता महाबिर प्रसाद ज्वारचन र माता कर्ण कुमारी ज्वारचनको छोरी निरा ज्वारचनसंग २०४३ सालमा बैवाहिक वन्धनमा बाँधिन पुगे मोहन सिह लालचन । उनको मोनिल लालचन र मोनिष लालचन गरी दुई छोरा रहेका छन् । हुने बिरुवाको चिल्लो पात भनेझै सानैदेखि बन , जंगल , खेतिपाती र घरको काम गर्न रुचाउने उनले कसैलाई कामको आधारमा भेदभाव गर्दैनथे ।

बैवाहिक जीवनपछि उनी कलिलै उमेरमा बैदेशिक रोजगारको शिलशिलामा जापान देशमा करिव २८ बर्षसम्म २०४६ सालदेखि २०७४ सालसम्म रहेर कम्पनी र रेष्टुरेण्टहरुमा लामो समयसम्म काम गरे ।

आफ्नै ब्यवसाय शुरुवात गर्नुपर्छ भन्ने सोचपछि उनले आफ्नै रेष्टुरेण्ट जापानमा सञ्चालन गरका थिए । लामो समयको बसाई भएता पनि आफ्नो देश आउने जाने क्रम भने रहिरहन्थ्यो जसको कारण अब अरुको देशमा धेरै बस्न हुन्न भन्ने भएपछि नेपाल फर्कने निधो उनले गरे ।

नेपाल फर्केपछि आफुसंग अध्यन गरेका साथीहरु राजनैतिक क्षेत्र र शिक्षामा माथिल्लो दर्जामा पुगेको पाएपछि उनलाई अनौठो लाग्यो । त्यसपछि लालचनले म जन्मेको गाउँ मार्फामा गएर होटल ब्यवसाय सञ्चालन गर्छु भन्ने अठोट बोकेर आफ्नै गाउँ फर्केर आए । आफु जन्मेको पुरानो घरलाई भत्काएर गाउँ भित्र होटल बनाउँछु भन्दा धेरैले सडकको छेउमा होटल बनाउँन छोडेर गाउँ भित्र होटल बनाउनु भनेको रुपैया बढी भएर होला भनेर लख काट्नेहरु पनि धेरै हुन्थे तर पनि उनले हिम्मत कहिल्यै हारेनन् र अन्तमा २०७४ सालमा होटल मार्फा प्यालेस निमार्ण गरी सञ्चालनमा ल्याए ।

मोहन सिह लालचनले होटल निमार्ण गरिरहदासम्म पनि मार्फा गाउँको खासै चर्चा परिचर्चा हुने गरेको थिएन ओझेलमानै रहेको थियो । किनकी खेतको माझबाट सडक निमार्ण भए लगतै सवारी साधनहरु त्यस क्षेत्रमा नरोक्किकन जान्थे यसको असर मार्फा गाउँलाई प्रत्यक्ष रुपमा परेको थियो । लालचनले आफ्नो होटललाई मात्र नभै मार्फा गाउँ र जिल्लामा पर्यटन उद्योगको बिकास कसरी गर्न सकिन्छ भनेर रातदिन चिन्तन गर्न थाले ।

हुनपनि उनले मार्फा र जिल्लाको समग्र बिकास गर्नको लागि सञ्चार माध्यमको सहयताबाट स्वदेश र बिदेशमा ब्यापक प्रचार प्रसार गरी अन्तत मार्फा र मुस्ताङमा पर्यटकहरुको घुईचो लाग्न थाल्यो ।

यसअर्थमा उनी मार्फा र मुस्ताङको लागि सारथी बनेर झुल्कीए जसको कारण आफु जन्मेको गाउँ आजको मार्फा बन्न सफल भएको छ । मार्फा गाउँ भित्र सरसफाई , गल्लीको नामकरण , लुङदार राख्ने काम , डाँडामा धोर्जे राख्ने , गेटहरुमा डिजिटल बोर्ड राख्ने काम सम्पन्न गराए ।

बिश्व सामु आजको मार्फा चिरपरिचित हुनमा मोहन सिह लालचनको महत्वपूर्ण भूमिका रहेको छ त्यसैले मार्फाको लागि त उनी सदैव अजरअमर बन्न सफल भए । झिलीमिली बत्तीले सिगारिएको मौलिक शैलीको मार्फा गाउँको बिकास हुनुमा उनको देन रहेको हो । उनले आफ्नो गाउँ र जिल्लाको बिकास मात्र गरेनन् पोखरा लेकसिटी क्लवको सदस्यदेखि पदाधिकारी भएर २०७२ सालको भुकम्पमा पीडितहरुलाई न्यानो कपडा बाँडेर सामाजिक कार्य गरेका थिए । पुथाङ बजार जोमसोम एयरपोर्टमा रहेको शिव मन्दिरमा राखिएका ठुलादेखि साना आकारका पित्तलका त्रिशुलहरु र मन्दिरमा झिलीमिली बिजुली बत्ती राख्ने काम लालचनले गरेका छन् ।

जापानबाट राहत लिएर भुकम्पको समयमा प्रभाबित क्षेत्रहरुमा बिभिन्न खाले राहत बितरण जसमा बिद्यार्थीहरुलाई पोशाक , स्टेशनरी , झोला , लत्ताकपडाको सहयोग लालचनले गरेका छन् । त्यसैगरी घरको छाना छाउन जस्ता पाता , लामा बिद्यार्थीहरुलाई निरन्तर आर्थिक सहयोग , खाद्यन्न बितरण , समाजसेवा आश्रममा निरन्तर आर्थिक सहयोग , अरुको सुखनै आफ्नो सुख सम्झने उनले दानी बनेर बिपन्नहरुको लागि अतुलनीय सहयोग बिगतदेखि हालसम्म गरिरहेका छन् ।

आफ्नो क्षेत्रको चौतर्फी बिकास हुनुपर्छ भनेर मरिहत्ते गर्ने लालचन गएको २०७९ सालको स्थानीय निर्वाचनमा घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा बिजय हासिल गरे लगतै जनमुखी कार्य गर्न उनलाई सहज भयो । शुरुमै आफ्नो पालिका भित्र रहेका दलित परिवारका सबैलाई पालिकाले रकम तिरिदिने गरी मुस्ताङमै पहिलोपटक बीमाको ब्यवस्था लागू गरे । सोही समयमा आफ्नो ब्यक्तिगत लालचन दम्पतिले जनहित माबिमा अध्यनरत छात्र छात्रा दुईजनालाई १० हजारको दरले निरन्तर छात्रबृति दिने कार्य गरेका छन् । त्यसैगरी लालचन दम्पतिबाट छैरो आबिमा अध्यनरत शिक्षक कर्मचारी र बिद्यार्थीहरुलाई झोला , कपडा र शैक्षिक सामाग्री बितरण गरेका छन् ।

आफ्नो कार्यकालमा घरपझोङ गापाबाट लालचनले थप अन्य कार्यहरु गरेका छन् जसमा वडा नं १ र २ लाई जोड्ने बेलीबृज १ बर्ष ६ महिनामा सम्पन्न र उद्धघाटन । पालिकाको युवाहरुलाई रोजगारी बनाउन ई रेक्सा अनुदानमा सञ्चालन , स्याङ गाउँमा स्टिम बाथरुम र सार्वजनिक शौचालय निमार्ण , जोमसोम काठेपुलको सौन्दर्यता बढाउन र वडाहरुमा झलमल्ल सडक बत्ती जडान गरेका छन् । मार्फामा एप्पल पार्क निमार्ण , पाँचै वडामा सार्बजनिक ब्यायम शाला क्रमागत रुपमा निमार्ण , पालिकामा एप्पलगेट र स्याउ बगैजा ब्यवस्थापन गरेका छन् ।

त्यसैगरी पालिका र मुस्ताङमा पर्यटक बढाउनको लागि देशैभरीबाट घोडा तथा ३ सय २० जना साईकल यात्रीबाट र्‍याली , पालिकामा महोत्सव सम्पन्न , पालिकामा डिजिटल बडा पत्र जडान , घरपझोङ किल्लाको मास्टर पलान् र डिपिआर तयार , पालिका भित्रको सडकको गुरुयोजना तयार , सामुदायिक रेडियो मुस्ताङ ढुङगे घरको पून निमार्ण । मातृचक्रलाई पर्यटक घुम्ने स्थल बनाएको , पालिका अध्यक्ष कप खेल सञ्चालनको शुरुवात , कृषकहरुलाई आवश्यक पर्ने औषधि , बगैचा ब्यवस्थापनको लागि उपकरण ५० प्रतिशत अनुदानमा बितरण गर्ने गरेका छन् , स्याङ गाउँका बगैचाहरुमा पुरै तारबार , पुथाङ बजार जोमसोम एयरपोर्टमा स्मार्ट शौचालय र प्रतिक्षालय निमार्ण , बिईन कार्यक्रम अन्तर्गत पालिकामा अत्याधुनिक तातो कोठा निमार्ण लालचनले गरेका हुन् ।

धेरैजसो वडाहरुमा सिसि क्यामेरा जडान , छप्पनी ढुङगा बिछ्याउने कामलाई निरन्तरता दिएको , सबै वडाहरुमा गाउँको नाम लेखिएको बोढ जडान , पालिका चिनाउने मायाको चिनो बनाउने कार्य गरेका छन् लालचनले । स्थानीय पाठ्यक्रम बनाएर पालिकामा रहेका बिद्यालयहरुमा पठनपाठन शुरु गरेका छन् । पालिका प्रायोजक भएर जिल्ला बाहिरका धेरै ठाउँहरुमा पनि कार्य गरेको र आफ्नै ब्यक्तिगत तर्फबाट रकम सहयोग गरेका छन् , पाँचै वडामा परिवार तथ्याङक र घर नं राखिएको छ ।

बिकास निमार्णको कार्यमा नबिन सोच भएका लालचनले बिदेशी संस्थाहरुसंग सहकार्य गरी जर्मन बिकासको सहयोगमा घरपझोङ पालिका भित्रका सबै वडाहरुमा बेकल्पिक उर्जाको लागि डिपिआर गराएका छन् । त्यसैगरी ललीतपुर र पोखरा महा नगर पालिका , बुटवल उप महा नगरपालिका र लिङवुङजुङ गाउँपालिकासंग भगिनी सम्बन्ध गरेकाले घरपझोङ पालिका बागमती , लुम्बिनी र कोशी प्रदेशसंग जोडिएको छ । साथै निकट भबिश्यमा मधेश , कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका स्थानीय निकायहरुसंग भगिनी सम्बन्ध कायम गरिने भएको छ ।

पालिका भित्र रहेका वडाहरुमा बर्षेनी गरिने भौतिक पूर्वधारतिरका योजनका कामहरु आफ्नै कार्यकालमा सम्पन्न गरिनु पर्छ भनी लालचनले गरिरहेका छन् । भने पाँच बर्षसम्म आफुले पाउने पालिकाको अध्यक्ष पदको पारश्रमिक पनि लालचनले नलिने र पाँचै वडाको बिकासमा खर्च गर्ने भनी घोषणा गरे अनुसार बिबिध कार्यक्रमहरु गरेका छन् । लालचनको कार्यलाई हेर्दा मार्फा गाउँलेले सदैव सम्झिरहनु पर्ने र मुस्ताङ जिल्लाले कहिल्यै पनि बिर्सन नुहुने ब्यक्तिको रुपमा परिचित जनमुखी समाजसेवी मोहन सिह लालचनले आफुलाई स्थापित गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्