२०८२ कार्तिक १५
९८५७६५०३३४, ९८५७६५००९३

केन्द्र खबरका प्रकाशक सुवेदीलाई पर्यटन पत्रकारिता सम्मान ।

पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पाेखराका पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको आज विहिबार) पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद १५ हजार र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन प्रवद्र्दनमा ओटेफको भूमिका महत्वपूर्ण रहेको बताए । उनले ओटेफ र टेवानलाई पोखरा पर्यटन परिषदको सदस्यता दिन परिषदलाई सुझाव दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला पर्यटन व्यवसायीले संस्कृति संरक्षण र मौलिकतामा अन्यको तुलनामा बढी गर्ने बताईन् ।पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटनको विकास र प्रवद्र्दनमा ओटेफको भूमिका उल्लेखनीय रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्