
जोमसोम मुस्ताङ, हिमालपारीको जिल्ला मुस्ताङमा रहेको जनहित माध्यमीक बिद्यालयमा सरल नेपाल एवं युवा सकृयता नेपालको संयुक्त आयोजनामा सुरु गरिएको महाअभियान (Project Repurpose) कार्यक्रम सम्पन्न भएको छ ।
सभाध्यक्ष आदित्य रसाइलीको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक रामचन्द्र अधिकारी, विशेष अतिथिमा सहायक प्रधानाध्यापक माधव जि भण्डारी, सरल नेपालका संस्थापक अध्यक्ष मनिष पौडेल, युथ एक्टिभिजमका अध्यक्ष रिसव दास र सरल नेपालका केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी रहेका थिए भने उक्त कार्यक्रममा ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘म पनि गर्न सक्छु’ भन्ने नारा सहित विद्यालयमा रहेका विद्यार्थीहरुलार्ई प्रोजेक्ट रिप्रपोजको बारेमा प्रस्तुतिकरण रिसव दाशले दिएका थिए । उक्त २ घण्टाको कार्यक्रममा दाशले फोहोरलाई मोहोर कसरी बनाउन सकिन्छ र DIYS को प्रयोग गरेर फालिने प्लाष्टीकका सामानबाट बिभिन्न खाले सामानहरु निर्माण गर्नेबारे जानकारी दिएका थिए । प्लाष्टीकका फुल, बोटलका गमला, कागजका आकर्षक दियो बनाउने काम समेत विद्यार्थीहरुले गरे ।
हिमाली जिल्लाहरुमा जलवायु प्रदुषणको प्रकोप बढ्दै गएको र प्रमुख श्रोतनै फोहोर रहेकोले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमबाट फोहोर न्यूनिकरण गर्न र समाज सफा राख्न मद्दत पुग्नेहुनाले यो कार्यक्रम फलदायी रहेको कार्यक्रमका प्रमुख अतिथि प्रअ अधिकारीले बताए । उनले सफल नेपाल र युथ एक्टिभिजनलाई धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्लामा वातावरण संरक्षण गर्नको लागि फोहोरलाई मोहोर बनाउन सकिने कार्यको थालनी विद्यालय स्तरबाट नै हुनुपर्छ । जिल्लालाई समृद्धितर्फ लाने हात भनेकै विद्यार्थीको हुन्छ , त्यसैले विद्यार्थी केन्द्रित भएर प्रोजेक्ट रिप्रपोज जस्ता कार्यक्रम मुस्ताङ जिल्लामा ल्याईएको कुरा कार्यक्रमका सभाध्यक्ष आदित्य रसाइलीले बताए ।
कार्यक्रम दिएर मात्र हुदैन कार्यक्रमले सार्थकता तब पाउँछ जब लिएका ज्ञानको प्रयोग गरी सामानहरुको निर्माण हुन्छ भन्दै रसाइलीले विद्यार्थीहरुलाई सिकाएका कुराहरुबाट सामानको निर्माण गर्न समेत आग्रह गरे । उक्त निर्माण गरिएको कलात्मक वस्तुहरुको असार महिना भित्रै बिद्यालयमानै प्रदर्शनी समेत गरिने भन्दै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्