
जेठ २५ मुस्ताङ । हिमालपारीको जिल्लामा पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ट्राफिक कार्यालयकोआयोजनामा ट्राफिक सप्ताह प्रभातफेरी कार्यक्रम २०८२ सम्पन्न भयो ।
जिम्मेवार चालक म , जिम्मेवार यात्रु म , सुुक्षित सडक र सवारी , हामी सबैको जिम्मेवारी नारा सहित बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित पुथाङ बजार जोमसोम एयरपोर्ट मूलगेटबाट ¥याली शुरु भई गणेश मन्दिर काठेपुलमा कार्यक्रम सम्पन्न भएको थियो ।
सहकार्य र समन्वय गण्डकी प्रदेश सरकार पोखरा , गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय गगनगौडा कास्की र जिल्ला प्रहरी कार्यालय मुस्ताङ आयोजक रहेको प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताईन् ।
उक्त कार्यक्रममा यातायात समितिहरुको तर्फबाट सुनदेबी रसाइली र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिह लालचनले सवारी सम्बन्धी आफ्ना भनाई राखेका थिए भने उपरीक्षक लामाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस्