२०८२ जेष्ठ १९
९८५७६५०३३४, ९८५७६५००९३

जनप्रतिनिधिहरुको निजी विद्यालय हुंदा सामुदायिक विद्यालय धरापमा

हुनत आजको युगमा नेपालको जेजति बिकास हुन पुगेको छ त्यो सामुदायिक बिद्यालयबाट शिक्षा आर्जन गरेका ब्यक्तिहरुको कारण हुन गएको हो । किनभने देश्मा रहेका सबखाले नेतृत्वमा सरकारी बिद्यालयबाट आएका जनशक्ति भेटिन्छ । तरपनि बिगतमा सामुदायिक बिद्यालयको अध्यनलाई अति महत्व दिईन्थ्यो । जसको कारण पढाईमा कुनै समस्या र शंका गर्ने ठाउँ हुदैनथ्यो । जब देशमा नीजि बिद्यालय खोल्न पाउने ब्यवस्था भयो अनि शिक्षा कमाउ र लुट् ब्यवसायमा परिनत हुनथाल्यो । शान्तिको देश नेपालमा श्रमजीवि र मालिक वर्गको उदय हुनमा नेपालको शिक्षा प्रणालीको पनि हात रहन पुग्यो । गरीवका छोराछोरी सरकारी बिद्यालयमा र धनीका छोराछोरीहरु महंगा नीजि बिद्यालयमा पढ्न जान थाले ।

जव धनी र गरीवका छोराछोरीहरुले पढ्ने बिद्यालयमा कित्ताकाट हुनपुग्यो तव यो राज्यले गरेको बिभेदकारी नियम लागूको कारण शिक्षामा फरक खालको तरंग आउन थाल्यो । सरकारबाट सञ्चालन भएका सामुदायिक बिद्यालयहरुलाई कसरी हुन्छ तहस नहस पार्ने काममा राजनैतिक पार्टीका हिमायती ब्यक्तिहरु , झोले नेता कार्यकर्ताहरुनै लाग्न थाले । आज आएर सरकारी बिद्यालयमा गरीवका छोरा छोरीहरुले मात्र पढ्ने थलो हो भनेर पावन्दी लगाएपछि देशमा कानून बनाउने जनप्रतिनिधिहरुको महंगा बिद्यालयहरुको उदय हुनपुग्यो । अर्कोकुरा नेपालभरीको सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको पोशाक देख्ने बित्तकै यो सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थी रहेछन् भनेर आँकलन गर्न सहजताभयो जुन निलो बिद्यालय पोशाकको कारणले गर्दा ।

मुस्ताङमा पनि बिगतमा सरकारी बिद्यालयमा जागिर खाएका र देशको संविधानमा शिक्षाको नीति कस्तो बनाउने भन्ने जनप्रतिनिधिहरुले नै नीजि बिद्यालय सञ्चालन गरेर कमाई खाने भाँडो बनाएपछि सरकारी बिद्यालय मारमा परे । संबिधानको रक्षक नै भक्षक भएपछि सामुदायिक बिद्यालयको शिक्षामा आमूल परिवर्तन आउने कुरानै भएन । नीजि बिद्यालय सञ्चालन गर्ने ब्यक्तिहरुको कब्जामा सरकारी निकाय हुन्छ भने सामुदायिक बिद्यालयको बिकास कसरी हुन्छ यो बिषयमा सरोकारवाला निकायहरुको ध्यान जान सकिरहेको छैन । स्थानीय सरकारले पनि नीजि बिद्यालय सञ्चालन गर्न थोरै मुल्यमा सरकारी जग्गा दिएर लाज पनि लजाउने काम गरिरहेको छ । अनि मुस्ताङमा सामुदायिक बिद्यालयको शिक्षामा गुणस्तर खोज्नु भनेको सपनामा हात्तीको मासु खाए सरहनै हो ।

प्रतिक्रिया दिनुहोस्