– सूरक्षा गौतम
पाउ राख्ने धरा अनि नेत्रले देख्ने ती पहरा।
जन्मपश्चात् माताले समान दिने गर्छिन साहारा।।
कानुनी दबाब र मानवीय लगावलाई स्नेह सम्झने ।
हाम्रो खुसीमा मातृभूमि पनि गर्छिन् खुसी देखिने ।।
नेपाल मेरो मातृभूमि हो। जहाँ जन्मे हुर्केमा खेले ।
जस्तो परिस्थिति आए पनि भन्दिनन् तिम्रो दुःख मैले झेले ।।
हराभरा रमणीय वातावरण सुन्दर यहाँको पहिचान ।
उदार हृदय र आधारसहित गर्छु मातृभूमिलाई सम्मान। ।
सर्वोच्च शिखर सगरमाथा पगरी छ सिरमा सजाएको।
हिउँलाई चुम्दै अरुण मिलनको किरणमा मातृभूमि छ लजाएको।।
छङछङ झर्ने झरनासँगै चराको मधुमङ्ग त्यो आवाज ।
लाग्छ प्रकृति मातृभूमिको रहेछ छुट्टै प्राकृतिक लगाव।।
गौतम बुद्ध भिरकोटी अनि सीतालाई जन्मदि इन।
अङ्ग्रेजहरूसँग हामी लड्दा पनि यिनी हाम्रै साथमा थिइन ।।
वीरताको पहिचान राख्न हामीलाई हिँड्न यिनले सिकाइन् ।
विश्वभर शान्ति छर्न मातृभूमिले सिद्धार्थलाई लगाइन ।।
भीमसेन बलभद्र अनि पृथ्वी शाह जस्तै साहसी थिए पुत्र ।
त्यसैले त खुशी साथ बाँच्ने पाएका छौं हामीले सूत्र ।।
भानुभक्त लक्ष्मी अनि माधव जस्ता शिक्षाप्रेमी पनि ।
मातृभूमिको गरिमा बचाइरहेका छन् यहाँको शिखर समान बनी ।।
फरक जातजाति धर्म संस्कार संस्कृति छ हामीमा विविधता ।
तर हामी सबैलाई मिलाउने यिनको शिक्षा रूपी यो एकता ।।
सबैको मर्म अनि धारणा बुझ्ने सन्तति जन्माइन भूमिमाले ।
समानता दिएकी छन् साथ दिन्छन् हामीलाई हरदम मातृभूमिले।।
धरहरा पशुपति स्वयम्भू जस्ता कृतिम स्वरूपहरू पनी ।
सजिएका छन् मातृभूमिको गहना समान बनि ।।
स्वर्गभन्दा पनि प्यारो लाग्छ मातृभूमि मलाई त ।
यिनकौ निम्तिपहल गर्न लाग्नुपर्छ हामीहरू अब।।
मातासरी मातृभूमिको वर्णन गरु पो म कसरी।
हृदयमा भएको राष्ट्रियता देखाउ पो म कसरी।।
हजार मुख भएको शेषनागले पनि गाउन सक्दैन तिम्रो महिमा ।
म बबर मनुष्यले कसै गरि सकुला र महिमा बताउन हे आमा।।
प्रतिक्रिया दिनुहोस्