२०८२ असार १७
९८५७६५०३३४, ९८५७६५००९३

नेपाली नागरिकको लेक लागेर मृत्यु ।

 

२०८० चैत्र ४ जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्सन गर्न आएकी पगरी शनिश्ररे नगरपालिका वडा नं. १ बस्ने ६५ बर्षकी गोमादेबी लुईटेलको अचानक आइतबार बिहान ८ बजेर १५ मिनेट जाँदा लेक लागेर उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङ स्थित मनकामना बचत तथा ऋण सहकारी संस्था मार्फत ७४ जनाको टोली मुक्तिनाथ दर्सन गर्न आएको बेला वारागुङ मुक्तिक्षेत्र १ स्थित झारकोट नजिकै पुग्ने क्रममा अचानक लेक लागेरे बिरामी भएपछि निज लुईटेललाई तत्काल उपचारको लागि मुस्ताङ जिल्ला अस्पतालमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको भनाइको अनुसार निजको उपचारको क्रममा बिहान ८ बजेर ४० मिनेट जाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्र.नि. मिलन बहादुर बिकको कमाण्डमा SOCO सहित ५ जनाका प्रहरी टोली खटिगई मुचुल्का लगायतको प्रकृया सम्पन्न गरि लास आफन्तको जिम्मा लगाइएको छ ।

आजको दिन मुस्ताङमा एकैदिनमा एक नेपाली र एक भारतीय गरि २ जना पर्यटकको लेक लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरि नायव उपरिक्षक भोजराज पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्