२०८२ असार १७
९८५७६५०३३४, ९८५७६५००९३

पाल्पामा ५० किमि लामो प्रशारण लाईनले बिद्युत आपूर्तीमा सधै समस्या

पाल्पा, फाल्गुण २१
पाल्पामा बिद्युत आपुर्तीमा समस्या बुटवल पाल्पा प्रशारण लाईन ५० किमि लामो भएकाले बिद्युत बितरण प्रणालीमा समस्या आउने गरेको बिद्युत प्राधिकरण पाल्पाले जनाएको छ ।

बिद्युत प्राधिकरण पाल्पाका प्रमुख इन्जिनियर दिलिप मरासेनीले लामो प्रशारण लाईन जंगल क्षेत्र र सडक पहुँच भन्दा टाढा प्रशारण लाईन भएकाले फल्ट पत्ता लगाउन र मर्मत गर्न समस्या हुने गरेको बताए । प्राधिकरणले  पत्रकार भेटघाट कार्यक्रम राखेर पाल्पाको बिद्युत समस्या, हालसम्म भएका प्रगती, भाबी योजनाको बिषयमा जानकारी गराएको हो ।

प्राधिकरण पाल्पाका अनुसार ३३ थान ट्रान्फर्मर बितरण तथा ८ वटा ट्रान्फर्मरको क्षमता बृद्धि गरिएको छ । ११ के भी लाईन १२ दशमलभ ४ किमि र ४०० र२४० भोल्ट लाइन १८ दशमलभ ६७ किमि निमार्ण सम्पन्न गरेको छ ।

यस्तै निस्दिमा पहिलो पटक केन्दित्य प्रशारणको लाईन पुर्याइएको र प्राधिकरणले भुल्के खानेपानी महसुल ५० प्रतिशत छुट गराएको छ । बिद्युतको रकम नबुझाउने ३८७ जना ग्राहकलाई कालोसूचीमा राखेर २० जनाबाट २ लाख ९६ हजार २६३ रुपैया असुल गरेको कार्यालय प्रमुख मरासेनीले बताए । हाल संचालनमा रहेको डुम्रे मस्याम ३३ केभी लाइनलाई ११ केभीमा प्रतिस्थापन गर्ने योजना रहेको प्रमुख मरासेनी जानकारी दिए । उनले भने यो लाईन निमार्ण सम्पन्न भए पाल्पाको बिद्युत आपुर्तीको समस्या हल हुने बिश्वास ब्यक्त गरे ।तानसेन नगरपालिकाले प्राधिकरणलाई तिर्न बाँकी रहेको जरिमान सहित ८ करोड ९३ लाख रुपैया रहेको र प्रत्येक महिना ४ लाख ४१ हजार रुपैया थपिदै गएकाले समस्याको समाधान गर्न पहल हुने प्राधिकरणले जनाएको छ ।

जिल्लामा अझैपनि करिब १ हजार २ सय काठका पोल रहेकाले जोखिम संगै निरन्तर समस्या आउने गरेको छ । बिद्युत ब्यबस्थापन गर्नका लागि ९ वटा फ्युज सेवा, बतासे, सिलुवा र रुप्सेमा सब स्टेशन रहेका छन् । जिल्लामा प्राधिकरणका ४० हजार २५४ र सामुदायिक तर्फ ८ हजार २०० ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्