रैनादेवी छहरा पाल्पाकाे सत्यवती मावीमा विद्यालय नर्स कार्यक्रमको शुभारम्भ

 

मंसिर ८ पाल्पा / सामुदायिक विधालयमा नर्स राखी त्यहीबाट निःशुल्क औषधिसहितको सम्पूर्ण प्राथमिक उपचारका साथै परिवर्तित जीवन शैली, खानपान, रहनसहन, प्रजनन् स्वास्थ्य शिक्षा जस्ता बिषयको ज्ञान दिने उदेश्यले पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले वाड नम्बर ८ सत्यवतीमा मा रहेको सत्यवती माध्यमिक विद्यालयमा नर्स कार्यक्रमको शुभारम्भ गरेको छ । छहराको भैरव मावि बाट सुरु भएको कार्यक्रम प्रभावकारी बन्दै गए पछी गाउँपालिकाले पश्चिम क्षेत्रको दुरदराजमा रहेको सत्यवती माविमा पनि यो कार्यक्रम लागु गरेको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा नै नर्सको व्यवस्था गरी त्यहीबाट प्राथमिक उपचारका साथै विधार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने भएकोले बालबालिकाको सामाजिक ब्यवहार परिर्वतनको लागि यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाइ प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परामर्श समेत प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जिवन रानाले बताए ।

नर्स कार्यक्रमको शुभारम्भ गदै गाउँपालिकाकाअध्यक्ष रुक्मागंत भटराईले रैनादेवी छहराले महत्वका साथमा शुरुवात गरेको एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयका हरेक गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति हुने भन्दै बिधालयमा यस्ता खालका कार्यक्रमले महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्स सँग निर्धक्क राख्न सक्ने भएका हुन। आगामी दिनमा गाउँपालिकाका अन्य बिधालयमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए ।

विद्यालय नर्स कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, शिक्षा अधिकृत निशा पाण्डे, मेडिकल अधिकृत डा शिशिर कुमार पटेल, ८ नम्बरका वडाध्यक्ष रेम बहादुर राना, ६ नं वडाध्यक्ष दोम बहादुर घर्ती बिधालयका प्रअ अर्जुन मरासिनी स्थानीय जनप्रतीनीधि छिमिकी बिधालयका प्रअहरु राजनिति दलका प्रतिनिधि लगायतको उपस्थीत रहेको थियो ।बिधालयले नर्स कार्यक्रम लागु भएको खुशियालीमा बाजागाजा सहित बिभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेको थियो ।

कार्यक्रम बिधालय ब्यावस्थापन समितिका अध्यक्ष दिलमान सिंजालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।सत्यवती माध्यमिक विद्यालयमा गाउँपालिकाले एक जना नर्सिङ कर्मचारी नियुक्ती गरेर यो सेवा सुरु गरेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *