कार्तिक १६ जोमसोम— दशैंपछि साठी हजार पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । बडा दशैंको टिका सकिएलगत्तै मुस्ताङमा पर्यटकीय गतिविधि बढेकाे हाे । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमालपारिकाे आवाजलाई दिएकाे जानकारी अनुसार दशैंपछिको समय दैनिक औसत पाँच, सात हजारको हाराहारीमा पर्यटक मुस्ताङ प्रवेश गरेकाे जनाएकाे छ ।
अन्य समयमा दैनिक चार पाँच सय पर्यटक आउने मुस्ताङमा दशैं काे बिदा सगै पर्यटक काे सङ्ख्यामा बृद्धि भएकाे । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
मुस्ताङ आएका पर्यटक मध्ये असी प्रतिशत आन्तरिक र बिस प्रतिशत बाह्य पर्यटक रहेको प्रहरी नायव उपरीक्षक पाण्डेको भनाई छ । प्रहरीकाे रेकर्ड अनुसार दशैपछी साठी हजार पर्यटक मुस्ताङ घुम्न आएकाे बताएकाे छ । धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपले निकैनै राम्रो रहेकाे मुस्ताङमा बेनी जाेमसाेम काेरला नाकाकाे बाटाेलाई सुधार गर्न सके अझ पर्यटकीय गतिविधिमा बृद्धि यहाँका जानकारहरु बताउ छन् ।
मुस्ताङ भ्रमणमा आएका पर्यटक मध्ये बिस प्रतिशतले उत्तरी कोरलानाकाको भ्रमण गरेका छन् । कोरलाको नेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट चेक पोष्टले दशैंपछि दैनिक १२ हजार पर्यटकले कोरलानाकाको अवलोकन गरेको बीओपी ईञ्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्