बहुचर्चित कलाकार प्रकाश घिमिरे घाइते, मणिपाल शिक्षण अस्पतालमा उपचार हुदै

प्रबिन पाण्डे

चर्चित कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्ने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरे ।

कलाकार घिमिरेलाई मणिपाल अस्पतालको आकस्मिक उपचार कक्षमा राखिएको र घिमिरेको उपचारमा कुनै किसिमको कमि नराख्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । उनले सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *