२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा अरूको पहिचान जोगाई दिने दलितले आफु सबैखाले शोषणमा परेको बिर्से

हिमालपारिको जिल्ला मुस्ताङको कुरा गर्ने हो भने धर्म र कर्मको थलो भनेर चिनिन्छ । किनभने कर्मको कुरा गर्दा धरै जिल्लाका रोजगारको खोजिमा आएकाहरूलाई रोजगारी दिने जिल्ला हो ।त्यसैगरी धर्मको कुरा गर्ने हो भने चार धाम मध्यको महत्वपूर्ण धाम मुक्तिनाथ मन्दिर र गाउँपिछे रहेका बौद्व गुम्बाहरूनै काफी छन् ।त्यसै माथि प्रकृतिको सुन्दर दृश्य अवलोकन स्थानहरू रहेको यो जिल्लाको बनावट आफैमा अतुलनीय रहेको छ । मुस्ताङ जिल्लाको भूगोलमा रहने सम्पूर्ण जाति समुदायहरूको चौतर्फी बिकास हुनुमा जिल्लामा बसोबास गर्ने दलित समुदायहरूको शिप ,कला र मेहेनतको कारणले गर्दा भएको हो ।धेरै पर जान पर्दैन आजभन्दा बीस बर्ष अगाडिको कुरा गर्ने हो भने जिल्लाको यातायातको साधन घोडा खच्चरड र गधाबाट सामान ढुवानी हुने गर्थ्यो । त्यतिबेला बाहिर जिल्लाका मान्छेहरू मुसताङमा रोजगारको लागि खासै आउदैन थिए । त्यो बेला खेतबारीदेखि कला कौशलको काम कम ज्यालामा दलित समुदायहरूले नै गर्दथे । यसरी दलितहरूको पौरखबाट गैर दलितहरू आज भन्दा भोलि गर्दै एकथरी धनी र सम्पन्नशाली भए । तर बांझो जमिन खन्ने र अरूको संस्कार साथै संस्कृति जोगाईदिने मुस्ताङका दलितहरू सबैखाले अवसरबाट पछाडि रहे ।
सबैखाले भेदभाब गर्न पल्केका मुस्ताङका गैर दलितहरूले आफ्नो समुदायको बिकास गर्ने र दलित समुदायहरूको बिकास गर्न हुन्न भन्ने भित्री नीतिको कारण यस्तो समस्या आउने गरेको हो ।
राणा कालिन समयको त के कुरा गर्ने त्यो दन्त्य कथा होला तर पञ्चायती शासनको समयदेखि यहाँसम्म आईपुग्दा मुस्ताङका दलितहरूको चौतर्फी बिकास हुन सकेन । टांठाबाठा गैर दलित समुदायहरूले आफ्नो स्वार्थ पुरा गर्ने साधनको रूपमा मात्र प्रयोग गरिरहेका छन् । खुट्टाको जुत्ता , शिरदेखि पाउ ढाक्ने कपडा , खनजोतदेखि घरघरमा प्रयोग हुने हरेक धातुका सामान , गर गहना , मर्दा पर्दा बाजा बजाउने काम सबै दलित समुदायले गर्नु पर्ने फेरी उनीहरू समाजमा किन र कसरी पछाडि परे । यो सामन्तवादको कु संस्कार हैनर , के यो मानव जाति र समुदायलाई बिभाजन गर्ने तरीका होईनर , गुम्म्बा र मन्दिरमा राखीएका मुर्ती र सामानहरू दलितका हातहरूबाट बनाईएका होईनर तर पनि सिपका धनी दलित समुदायहरूलाई मुस्ताङमा किन पछि पारियो यस बिषयमा बहस चलाउनु पर्छ । यसमा स्थानीय बासी , स्थानीय प्रदेश र संघ सरकारको दोष छैनर । सबैखाले भेदभाब गर्न पल्केका मुस्ताङका गैर दलितहरूले आफ्नो समुदायको बिकास गर्ने र दलित समुदायहरूको बिकास गर्न हुन्न भन्ने भित्री नीतिको कारण यस्तो समस्या आउने गरेको हो । यस्तो सबै खाले भेदभाव गर्दा पनि दलितहरूले बिगतदेखि आजसम्म कुरा नबुझी सहेर बस्दाको परिणाम हो यो । तर मुस्ताङका दलितहरूले के कुरा बुझ्न जरूरी छ भने जिल्लामा दलित समुदायको जनसंख्या तेस्रो स्थानमा छ भन्ने कुरा बिर्सनु भएन तयसैले अधिकारको लागि लडौ एकजुट भई अगाडि बढौ ।
सरम र लाज मान्नु पर्ने अर्को घिनलाग्दो बिषय आजको युगमा आएर पनि थासाङको धेरैजसो गाउँहरूमा र बिशेष गरी धम्पु र लेते कालोपानी गाउँमा थकाली समुदाय जड कुरीया र दलित समुदाय फट कुरीयामा राखेर पाउने हरेकखाले सेवासुबिधामा दोस्रो दर्जामा अहिले पनि रहेका छन् । के दलितहरू भोट हाल्न मात्र जन्मेका हुन् , गैर दलित मर्दा र पर्दाको कार्जेमा दलितले बाजा बजाउन जन्मेका हुन् यो पनि शोषण नै हो । सदियौदेखि बसोबास गरेका र कला कौशल सिपका धनी दलित समुदायहरू अहिलेको भाषामा जन्मजात प्राबिधिक र बैज्ञानिक हुन् यस्तो समुदाय फट कुरीया हुनै सक्दैनन् । कम्युनिष्ट र कांग्रेसका नेता उत्पादन गर्ने कारखाना रहेको थासाङमा यस्तो चलन मुखीया प्रथाको अवशेष नै हो यो कानुन अनुसार दणडनीय छ अब मुस्ताङका दलित समुदायहरू एक भई घिनलाग्दो कु संस्कार हटाउन उठौजागौ ।घरपझोङ गापामा पनि यस्तै समस्या छन् थाक पाँच गाउँ उद्वार समितिमा दलित समुदायलाई राखिन्न , वडा नं एक बाहेक अरू गाउँको खास बैठकहरूमा दलितहरूलाई बोलाईन्न र गाउँ समितिमा राखीन्न तर बाजा भने बजाउन बोलाउने यो हेपाह थीति दलितहरूले रोक्नुपर्छ । झन मार्फा गाउँमा त दुईखाले भोजभत्तेर गराएर कानुनको धज्जी उडाएका छन् । पहिलो दिनमा गैर दलितले खाने र दोस्रो दिनमा मार्फाका दलितहरूलाई भोजभत्तेर खुवाउने काम हुने गरेको छ यो पनि मुखीया प्रथाको अवशेष हो । तयसैगरी लोमन्थाङमा पनि खोलामा बस्ने दलितलाई फरक तरीकाले भेदभाव गर्ने गरेका छन् यो दलितको साझा समस्या हो ।खोईत मुस्ताङमा सुशासन , राजनैतिक अधिकार , शिक्षा , स्वासथ्य र रोजगारमा समान पहुंच । मुस्ताङको गाउँ गाउँमा रहेको बिभेद हटाउन र समान अधिकार पाउन दलित समुदाय एक हुन जरूरी छ र मुखीया प्रथाको अन्त्यनै समस्याको एकमात्र समाधान हो ।

प्रतिक्रिया दिनुहोस्