२०८२ माघ २
९८५७६५०३३४, ९८५७६५००९३

मुक्तक मञ्च केन्द्रीय समितिको आयोजनामा नवपुस्तालाई प्रोत्साहन सहित बिशेष कार्यक्रम सम्पन्न

बिना ढुङ्गाना

पोखरा। नवपुस्तालाई प्रोत्साहनसहित मुक्तक मञ्च केन्द्रीय समितिले १८३औ श्रङ्खलामा विशेष कार्यक्रमको आयोजना गरेको छ। न्युरोड पोखरामा रहेको हिमालयन रिडर्स कर्नरमा उक्त कार्यक्रम भएको थियो।

हरेक महिनाको अन्तिम शनिवारमा नियमित मुक्तक वाचन हुनेगरेकोमा यसपटक भने मुक्तक मन्चले बिशेष कार्यक्रम राखेको हो।

कार्यक्रमको सभापतित्व मुक्तक मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले गर्नु भयको थियो, साथै डा इश्वरमणि अधिकारी, गण्डकी प्रज्ञा प्रतिषठान सदस्य सरस्वती श्रेष्ठ (सरू), शिव त्रिपाठी, लक्ष्मी थापा, रितुअधिकारी,लगायतका बिशेष व्यक्तित्वहरुको र बिभिन्न ठाउँका अग्रज स्रष्टाहरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रमा वाचक हरुले मुक्तकलाई पहिलो र दोश्रो चरण गर्दै श्रोताहरुलाई मनोरञ्जन दिएका थिए ।त्यसैगरी कार्यक्रमको अन्तिममा मुक्तक मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले नयाँ पुस्तालाइ आफ्नो मुक्तक लेखनको यात्रालाई अझ् थप शशक्त बनाउनका लागि शुभकामना दिएका थिए।

कार्यक्रममा नवपुस्ता वाचक बिवेक अधिकारी,अनुष्का पौडेल ,गौरव ढुंगाना,सुशान पौडेल,उषा गुरुङ, बिना बराल,क्रिसला पोख्रेल,सन्देश पौडेल,सुचित प्रसाद कुशवाहा र बिना ढुङ्गाना आदिले चोटिला मुक्तक वाचन गरेका थिए ।

कार्यक्रमको उदघोषण संस्थाका सचिव नवीन भन्डारी र सह सचिव श्रदा आचार्यले गरेका थिए। त्यसैगरी स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष श्रीराम अघिकारी ‘गोर्जे’ले राखेका हुन।

प्रतिक्रिया दिनुहोस्