
भूपेन्द्र महरा
पोखरा श्रावन १४ । पोखरा महानगरपालिका वार्ड नम्बर १३ स्थित विजयपुर खोलामा फसेका चार जना व्यक्तिहरूको हिजो राती सशस्त्र प्रहरी बल नेपालले उद्दार गरेको छ ।
हिजो राती निर्माणधीन पानी ट्याङ्की को काम सकेर घर फर्किने क्रममा उनिहरु बाढिमा फसेका थिए। अविरल वर्षाको कारण एक्कासि खोला को वेग बढेको कारण बाढीमा फसेका थिए। आफुहरु बाढिमा फसेको कुरा तत्काल आफ्नो परिवारलाइ खबर गरेका थिए। उक्त खबर सशत्र प्रहरी बल नेपाललाई भइसके पछि कालिका गण कास्कीबाट विपद व्यवस्थापन तालिम प्राप्त टोलीले उनीहरुको सकुशल उद्दार गरेको थियो ।
सशस्त्र प्रहरी बलको अनुसार उक्त घटनामा ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक,२३ वर्षिय प्रेम सुनार र १९ वर्षिय क्षितिज नेपाली रहेका र सबै जनाको स्वास्थ अवस्था सामान्य रहेको सशत्र प्रहरी बलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्