
असोज ४ मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो पटक दिगो बिकास समस्या समधानको लागि बिबिध कार्यक्रमका साथमा मुस्ताङ शिखर सम्मेलन समापन भएको छ ।
नेपाल सरकार संघीय बन तथा वातावरण मन्त्रालय मूल आयोजक रहेको उक्त सम्मेलनमा डिसिए , एफएओ , इसिमोड , आयुसिएन , किडाक , एन्टीएन्सी , युकाइर्ड , र डब्लुडब्लुएफको साझेदारी रहेको थियो ।
चन्द्रागिरी पछिको दोस्रो र मुस्ताङको लागि पहिलो यो शिखर सम्मेलनमा सम्मानीत प्रधानभन्त्री शेर बहादुर देउवाले भर्चुवल माध्यमबाट सम्बोधन गरी सबैलाई धन्यवाद दिएका थिए ।
जलवायु परिवर्तनका कारण बिशेष गरी उच्च हिमाली जिल्लाहरुमा रहेका जन समुदायहरुले भोगेका समस्या र चुनौतिको पहिचानको खांचो रहेको प्रधानभन्त्रीको भनाई थियो ।
जलवायु परिवर्तनले ल्याएको समस्या र चुनौति , जैबिक बिबिधतामा देखिएको असर र भुक्षेयीकरण न्युनिकरण गर्न लाग्नुपर्छ । भने यस बिषयमा बिश्वनै चिन्तित हुने बेला आएको कुरा प्रधानमन्त्री देउवाले बताए ।
बिश्वले चासोका साथ लिएको शिखर सम्मेलनको लागि नेपाल सरकार संघीय बन तथा वातावरण मन्त्री प्रदीप यादव को प्रमुख उपस्थिति रहेको थियो । प्राकृतिक सौन्दर्यताले सजिएको यस जिल्लामा बेग्लै खालको जैबिक बिबिधता रहेकोले सोही अनुसार बिकास हुनु पर्नेमा जोड दिए ।
हिमाल र हिमाली जिल्लामा रहने जन समुदायहरुको बचाउ नगर्दासम्म पहाड र तराई जोखिम मुक्त हुंदैन । त्यसैले मुस्ताङमा हुने वातावरणीय क्षेत्रको नोक्सानी , बिपद जोखिम र दैनिक हुने गरेका समस्याको पहिचान गरी अबका बिकासे कार्यक्रम बनाउनु पर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताए ।
संघीय बन तथा वातावरण मन्त्री र गण्डकी प्रदेश मुख्यमन्त्रीले मोक्ष रिसोर्टको आगनमा बृक्षारोपन गरी सम्मेलनको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका मेजर किशोर अधिकारीले हिमालको संरक्षण र सरसफाई कसरी गर्न सकिन्छ भनी डकुमेन्ट्री सहितको उनको प्रस्तुती रहेको थियो ।
बन तथा वातावरण मन्त्रालयका सह सचिव डा. सिन्धु प्रसाद ढुङगना , एफएओका प्रमुख डा.केन सिभिज, पूर्व उप सभामुख पूर्ण कुमारी सुवेदी , प्रधानमन्त्रीका वातावरणीय सल्लाहाकार माधव कार्कीले आफ्ना भनाई राखेका थिए ।
त्यसैगरी राष्ट्रिय योजना आयोगकी सदस्य सलोनींिसह प्रधान , गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री दिपक थापा , निवर्ततमान संघ सांसद पे्रम प्रसाद तुलाचन , पाँच गापाका अध्यक्षहरुले वातावरण सम्बन्धीत बिषयमा बोलेका थिए ।
उच्च शिखर सम्मेलनमा गण्डकी प्रदेशका सांसद ईन्द्रधार बिष्ट र हिमालपारीको अवाज साप्ताहिक पत्रिकाका सम्पादक भिम बहादुर रसाइलीले वातावरण सम्बन्धीत बिबिध बिषयहरुमा आफ्नो बिचार राखेका थिए भने यहांको ब्यवस्थापन एक्याप बन कार्यालय जोमसोमले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्