फौजी किराबाट बाली नष्ट हुँदा माथिल्लो मुस्ताङका कृषकले गरे किरा नियन्त्रणको माग (भिडियो सहित )

बर्षेनी एक बाली मात्र हुने उपल्लो मुस्ताङका कृषकको बालीनालीलाई फौजी किराले सखाप पारिदिएको छ । दुई हप्ता अघिदेखि उपल्लो मुस्ताङमा देखिएको फौजी किराको समस्या अझै पनि नियन्त्रणमा नआएको स्थानीय बताउँछन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बढी मात्रमा फौजी किराको प्रकोप देखिएको छ । लोमान्थाङ गाउँपालिकाको धेरैजसो वडाहरूमा फट्याङग्रा प्रजातीका फौजी किराको प्रकोपले स्थानीयको बाली नालीमा क्षति पुर्र्याएको कृषि प्राबिधक कृष्ण गौतमले बताए। क्षतिको सूचना पाउँन साथ फौजी किरा नियन्त्रणको लागि बिषादी छर्कने कामलाई पहिलो प्राथमिकता दिइ अघि बढाएका छौँ गौतमको भनाई रहेको छ।


त्यसैगरी लोघेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नं. १ र ३ मा भने फरक किसिमको फौजी किराले बालीलाई क्षति पुर्याउने किरा फरक खालको रहेको र टाउँको रातो भएको स्थानियहरुले जानकारी दिए । बिगतमा पनि यस्तो किराले कृषकलाई दुख दिएको कृषि प्रविधिक मनबहादुरले बताए । किराको प्रकोप रोकन कृषि प्राविधिक टोली खटिएका छन् तर स्थानीयले खेतबारीमा बिषादी छर्किएर फौजी किरा मारे पाप लाग्ने नाग देउता रिसाउने कुराले काम गर्न असहजता भएको लोघेकर दामोदर कुण्ड वडा नं. १ का वडा अध्यक्ष टै ढिन्डुक ठकुरीले बताए ।

फौजी किराको पहिचान र नियन्त्रण गर्न –जब यस किराको लार्भा निस्कन्छ, त्यस्ता मसिना लार्भाहरुले हरियो भाग तथा पात कोतारेर खाने गर्दछ भने त्यस्ता भागहरु सिसाको झ्याल जस्तो देखिन्छ ।– यदि किरालाई हातमा राखेर हेर्यो भने त्यसको टाउको नभई पुच्छर तिर दोस्रो खण्डमा स्पष्ट रूपमा चारैतिर बराबर रूपमा फैलिएको थोप्लाहरु देखिन्छ यसबाट फौजी किरा रहेको एकिन गर्न सकिन्छ ।– फल उड अथवा फौजी किराको मोहनी पासोलाई आफ्नो मकैबारीमा एउटा मात्र राख्दा यदि फौजी किरा पासो भित्र देखिएमा फौजी किराको सुरुवाती अवस्थाको क्षेती थाहा पाउन सकिन्छ ।


नियन्त्रणका बिधिहरुमा– गाउँ घरमा गाईको पिसाब सजिलै पाईने भएकोले त्यसलाई कुनै भाडोमा संकलन गरि पकाउने र त्यसमा हरियो पिरो खुर्सानी थिचेर साथै असुरो, बनमारा, तितेपाती राखेर त्यसको झोल बनाई १ भाग झोलमा २– भाग पानी मिसाई राम्ररी स्प्रेको सहायताले गुबो र पात भिज्ने गरि हाल्दा धेरै हदसम्म किराको प्रकोप कम हुन्छ ।– थोरै जग्गा छ भने खरानी या काठको धुलो दुबै मिसाएर गुवोमा हाल्नाले किराको लार्भा २–३ दिन भित्र खान नपाएर मरेको अनुसन्धानबाट पुष्टि भएको छ ।– अन्तरबाली पद्धतिमा नेपियर घास आलिको डिलमा र डेस्मोडियम वा भट्टे घास मकैको दुईवटा हारको बिचमा

लगाइन्छ। डेस्मोडियम घासमा किराले फुल पार्न नसक्ने र मन नपराउने साथै नेपियर घाँसमा असाध्यै फुल पार्न रुचाउने भएकोले किराले मकैमा क्षेती कम गर्दछ।डेस्मोडियम घासले धकेल्ने र नेपियर घासले तान्ने प्रवृत्तिलाई धकल्ने तान्ने प्रवृत्ति भनिन्छ जसबाट केही प्रतिशतसम्म क्षेती कम गर्दछ । – टाइकोग्रामा, टेलोनोमस बारुला जस्ता अन्य परजिबि किराहरुको प्रयोगले मकै बारीमा फौजी किराको क्षेती कम गर्न सकिन्छ।

फौजी किराले अण्डा पार्ने समयमा यस्ता किरा बारीमा छोड्नाले अण्डाहरु खोजी खोजी खान्छ र किराको जीवन चक्र पुरा हुन दिदैन । – यति गर्दा पनि फौजी किराको नियन्त्रण नभएमा नेपाल सरकारले सिफारिस गरे अनुसार बमोजिम सुरक्षित रूपमा रासायनिक बिषादीहरू इमामेक्टिन बेन्जोयट,इमिडोक्ल्रोरापिड,क्लोरएन्ट्रानिलिप्रोल,स्पिनोस्याड आदि प्रयोग गर्न सकिने रोजिना गौचनले बताइान् ।

कृषिमा स्नातक (B.SC.AG 4th Semester) गर्दै गरेकि रोजिना गौचनको अनुसार फौजि किराको प्रजनन क्षमता बढि हुने र यसलाई नियन्त्रण गर्न भने सुरुवाती चरणमानै सिड ट्रिटमेन्ट गर्नु पर्ने गौचनले बताइन् …….भिडियो सहित ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
4
Happy
2
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *